गजल :गाउँमा स्कुल हजारौं हजार
गाउँमा स्कुल हजारौं हजार दिनमा पुग्छ ।
यार रिवन काट्न मन्त्री एकै छिनमा पुग्छ।
देशमा यत्ति धेरै केही देख्दैन देशको शासक
हात थाप्न भारतमा पुग्छ चिनमा पुग्छ।।
जिन्दगी पनि यति थोत्रो थोत्रो लागिरहेछ कि
कुन दिन कवाडीमा पुग्छ या डष्टबिनमा पुग्छ।
तिम्रो जस्तो बर्गर पिजामा मन कहिल्यै गएन
गरीबको मन न हो चाउचाउ नमकिनमा पुग्छ।
ब्ल्याक एण्ड ह्वाइट चेहेरामा आमाले भनिन
बाबु समय आउछ नि जिन्दगी रंगिनमा पुग्छ।
फगत नबिन
बाजुरा जिल्ला
प्रदेश नं.७
स्वामी कार्तिक गाउँ-पालिका -०४
हाल: ताहाचल, काठमाण्डौ