चक्कु प्रहार गरी छिमेकीको हत्या

धनगढी, साउन ३ । कैलालीको गौरीगंगा नगरपालिका–७ मनकापुरमा नरबहादुर बिक र उनका छोरा रमेश बिकले छिमेकीलाई चक्कु प्रहार गरी हत्या गरेका छन् । बाबुछोराले स्थानीय मानबहादुर समै मगरलाई बुधबार साँझ चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते मगरको उपचारका क्रममा बुधबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गम्भीर घाइते मगरको मसुरियामा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। चक्कु प्रहार गर्ने बाबुछोरालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साउने संक्रान्ति मनाउने क्रममा भएको विवादका बाबुछोराले मगरमाथि आक्रमण गरेको प्रहरीले बताएको छ।थाहाखबर बाट