दैनिकी न्यूजका पत्रकारलाई धम्क्याउने नेकपाका नेता लामिछाने पक्राउ

ललितपुर साउन ४। पत्रकारलाई धम्क्याउने नेकपा ललितपुरका नेता प्रहरी हिरासतमा पुगेका छन् । महानगरीय प्रहरी वृत चापागाउँले दिएको जानकारी अनुसारलाई पत्रकारलाई धम्की दिएको आरोपमा वागमती गाउँपालिका वडा नं. ७ गिम्दीका लक्ष्मणबहादुर लामिछानेलाई हिरासतमा लिएको हो । नेकपाका स्थानीय नेता लक्ष्मण बहादुर लामिछानेले दैनिकी न्यूज अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर सोही अनलाइनका सम्पादक रामहरि कार्कीलाई धम्क्याएका थिए ।

ललितपुरमा कृषिको बजेट दुरुपयोग, विना टेण्डर करोडौको सामान खरिद शिर्षकमा दैनिकी न्यूजमा ललितपुर जिल्ला बाग्मती गाउँपालिका वार्ड नं. ७ स्थित बागमती देउता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सोही संस्थाका पूर्व अध्यक्ष समेत रहेका लक्ष्मण बहादुर लामिछानेको नाम जोडिएर समाचार आएपछि उनले दैनिकीन्यूजका सम्पादकलाई ज्यान नै तलमाथि पारिदिने धम्की दिएका थिए । लामिछाने ललितपुर जिल्ला बाग्मती गाउँपालिका वार्ड नं. ७ का नेकपाका नेता हुन् ।

 

राष्ट्रिय पुननिर्माण कोष अन्तर्गत जिरो इनर्जि मेशिन खरिद प्रकृयामा नक्कली हस्ताक्षर गरेर रकम भुक्तानी लगेको एक सहकारीका पदाधिकारीले वताएको दैनिकी न्युज अनलाइनले उल्लेख गरेको छ । ५ लाख ५२ हजारमा किनिएका ८ वटा मेशिन काम लाग्ने अवस्थामा समेत नरहेको र एकै दिनएउटै संस्थाको नाममा ८ वटा मेसिनको छुट्टाछुटै विल बनाएर आर्थिक अनियमितता गरेको समाचार दैनिकी न्यूजमा उल्लेख छ ।