डा.केसीले माग पुरा नभएसम्म थप उपचार नलिने

काठमाडौं, साउन ५ । चिकित्सा शिक्षा सुधारको माग राखी २१ दिनदेखि अनसनरत प्राडा गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म थप उपचार नलिने अडान राख्नुभएको छ ।

सरकारले आफुलाई सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गरी माग पनि पुरा गर्ने बताएर काठमाडौँ ल्याएको थियो । मलाई सुविधा सम्पन्न अस्पताल ल्याएको हैन, यी सबै परिक्षण त जुम्लामै भैरहेको थियो नि ?’ –उहाँले भन्नुभयो ।

उहाँले रगत, मुटुलगायत कुनै परिक्षण गर्न नमानेको उहाँको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् । विहिवारदेखि उहाँको कुनै परिक्षण गर्न नपाएको डाक्टरहरूले बताएका छन् ।

शुक्रबार दिउसो उहाँको अवस्थाबारे समाचार संकलन गर्न अनसनस्थल पुगेका पत्रकारलाई डीएसपीले निकै निगरानी गरेका थिए ।

यसैबीच नेपाली काग्रेसका सभापति एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरवहादुर देउवाले शुक्रबार प्राडा केसीलाई भेटेर उहाँको माग पुरा गर्नु पर्ने बताउनुभएको थियो । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्राडा केसीको स्वास्थ्य सुधारमा पहिलो प्राथमिकता दिएको बताउनुभएको थियो । नेपाल समाचारपत्रबाट