डा.केसीको सत्याग्रहप्रति का्न्तिकारी माअोवादीको एक्यवद्धता

काठमाडौं साउन ६ । डा. गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अगाडि सारेका जायज मागहरुको पक्षमा सुरुदेखि नै ऐक्यवद्धता जाहेर गर्दै आएको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले डा. केसीलाई भेटेरै स्वास्थ्य स्थितिको बारेमा जानकारी लिनुका साथै उनको आन्दोलन तथा सत्याग्रहप्रति ऐक्यवद्धता जाहेर गरेका छन् । शिक्षण अस्पतला महाराजगञ्जमा पुगेका महासचिव किरणले डा. केसीलाई भने, “तपाईको सुस्वास्थ्यको कामना छ, तपाईको सत्याग्रहप्रति हाम्रो पार्टीको ऐक्यवद्धता छ ।

 

क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले शुक्रबार मात्र एक वक्तव्य जारी गरी डा.केसी र उनको पक्षमा उठेको आन्दोलनमाथि गरिएको दमनको घोर निन्दा एवम् भत्र्सना गरेको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले जारी गरेको वक्तव्यमा डा. केसीका जायज मागहरु तत्काल सम्बोधन गर्न माग गरिएको छ । 

डा. केसीको सत्याग्रहको समर्थन र उनको जीवन रक्षाका लागि भएको प्रदर्शनमा शनिबार ओली सरकारले बर्बर दमन गरेको छ । शान्तिपूर्ण आन्दोलनमा अश्रुग्याँस प्रहार र लाठी चार्च गरिएको छ । प्रहरी दमनमा परी केही प्रदर्शनकारी घाइते भएका छन् ।