प्रधानन्यायाधीशले छोराको बिहेमा गरे ९०लाख खर्च

काठमाडौं, साउन ८ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले छोराको बिहेको इन्गेजमेन्टमा मात्रै २० लाख र पूरा बिहेमा ९० लाख रुपैयाँ खर्च गरेको भन्दै उक्त रकमको स्रोतको खोजी भएको छ ।

 

प्रधानन्यायाधीश बन्ने प्रक्रियामा रहनुभएका जोशीविरुद्ध परेको उजुरीमा यो लगायत ५ वटा गम्भीर आरोप रहेको संघीय संसद् सचिवालय स्रोतले जनाएको छ ।

 

संघीय संसद् सचिबालयले संवैधानिक परिषद्को वैठकबाट प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका जोशीविरुद्ध साउन ६ गतेसम्म उजुरी दिन आव्हान गरेको थियो । उहाँमाथि सबैभन्दा पछिल्लो समयमा सामाजिक सुधार ऐन बिपरीत छोराको बिहेमा कुस्तौँ खर्चेर भोज गरेको, राष्ट्रलाई क्षति पु¥याउने गरी अन्तरिम आदेश जारी गरेको, सरकारका नाममा श्रेष्ता कायम रहेको तनहुँको भिमाद नगरपालीकाको आठ सय रोपनी पर्ति जग्गा गैरकानुनी रुपमा दर्ताका लागि मेलमिलापमा पठाएको जस्ता उजुरीहरू परेका हुन् ।

 

जोशीले भर्खरै काठमाडौंको एक होटलमा करिब ६ सय जना राखी छोरीको इन्गेजमेण्ट गरेको आरोप लगाउँदै उहाँ विरुद्ध परेको उजुरी पत्रमा प्रतिप्रश्न गरिएको छ–‘करीब ३ महिना अगाडी छोराको बिहेमा ९० लाख रुपैंया भन्दा बढि खर्च गरेका जोशीले इन्गेजमेण्ट मात्रै २० लाख रुपैंयाको गरेका छन् । उक्त रकम कहाँबाट आयो । प्रधानन्यायाधीशले खर्चको स्रोत देखाउन पर्दैन ।

 

उजुरीकर्तामध्ये एक जनाले नाम नभन्ने सर्तमा भन्नुभयो, –‘मैले पर्याप्त प्रमाणका आधारमा प्रधानन्यायाधीशबिरुद्ध उजुरी गरेको छुं । आबश्यक परेर समितिले बोलाए हाजीर हुन तयार छुं ।

 

संसदीय सुनुवाइ समितीका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार संसदीय सुनुवाई विशेष समितिको सोमवार बसेको बैठकले जोशीको सुनुवाई यही १० गते विहीवार गर्ने निर्णय गरेको छ । समितिले उजुरीकर्तासंग भने आज मंगलबार नै छलफल गर्ने भएको छ । उहाँमाथि परेको उजुरीमाथि सोमबारदेखि नै छानबिन सुरु भएको जनाइएको छ ।

 

सचिवालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट उजुरी सकंलन गर्ने व्यवस्था मिलाएको थियो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि जोशी प्रधानन्यायाधीश बन्नुहुनेछ । नेपाल समाचारपत्रबाट