ब्रह्मदेवमा निर्माण गरिएको महाकाली गौशलाको बुधबार उद्घाटन

कञ्चनपुर, साउन ९ । भीमदत्त नागरपालिका वडा नं ९ ब्रह्मदेवमा निर्माण गरिएको महाकाली गौशलाको बुधबार उद्घाटन गरिएको छ । ब्रह्मदेबस्थित सिद्धनाथ सामुदायिक वनको जमिनमा गौशला निर्माण गरिएको छ|

कञ्चनपुर, साउन ९ । भीमदत्त नागरपालिका वडा नं ९ ब्रह्मदेवमा निर्माण गरिएको महाकाली गौशलाको बुधबार उद्घाटन गरिएको छ । ब्रह्मदेबस्थित सिद्धनाथ सामुदायिक वनको जमिनमा गौशला निर्माण गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले गौशलाको ब्यानर अनावरण गरी गौशला उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य, दिल्ली गौ सेवाका नन्द किशोर स्वामी लगायतका सहभागी भएका छन् ।

गौशला उद्घाटनपछि जगद्गरुले सुदूरपश्चिम धर्र्तीमा उब्जिएको अन्न ग्रहण गरेका छन् । गत माघमा गाईलाई सडकमा छाडेको भन्दै जगद्गरुले गाई व्यवस्थापन नभएसम्म सुदूरपश्चिमको धर्र्तीमा फलेको अन्न त्यागको घोषणा गरेका थिए । नगर प्रमुख विष्टले जगद्गुरुलाई अन्न ग्रहण गराए ।  कार्यक्रममा नगर प्रमुख विष्टले जगद्गुरुले अन्न त्याग गरेपछि नगरपालिकाले छाडा गाई व्यस्थापनलाई गम्भीर रुपमा लिएर गौशला निर्माण गरिएको बताएका छन् ।

‘जगद्गुरुले यस धर्र्तीमा फल्ने अन्न त्यागेपछि ठूलो प्रहार भयो, धर्तीलाई कलंक लाग्ने भयो’ नगर प्रमुख विष्टले भने –अहिले आएर त्यो कलंकबाट जोगिएका छौ ।’ भीमदत्तले छाडा गाई व्यस्थापनका लागि कानुन बनाएको र यसको कार्यान्वयन सुरु गरिएको बताएका छन् । कार्यक्रममा जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले भीनपाका नगर प्रमुख विष्ट जगद्गुरुको संकल्प तोड्ने नेपालको पहिलो नगर प्रमुख भएकोमा खुसी व्यक्त गरे ।

भीमदत्त नगरपालिकाको सहयोगमा महाकाली गौशला निर्माण समितिले सामुदायिक वनको १२ बिगाहा जमिनमा गाई पालन केन्द्रका रुपमा विकास गर्न रु २६ लाखको लागतमा गौशला निर्माण गरेको हो । ५२ गाई राख्ने गरी निर्माण गरिएको गौशलालाई आगामी वर्ष विस्तार गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्