प्रधानमन्त्रीको चीन भ्रमणपछि पहिलो पटक चिनिया उच्चस्तरीय टोली नेपाल भ्रमणमा आउंदै

काठमाडौं साउन१२– चिनियां कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्रसोतले दिएको जानकारीअनुसार उपविदेशमन्त्री वाङ याजुन आईतबार तीन दिने नेपाल भ्रमणको क्रममा काठमाडौं पुग्दैछन् ।

 

 

वाङ चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागका ६ जना उपमन्त्री मध्ये वरियतामा चौथो नम्बरमा पर्छन् । विदेश विभागका मन्त्री सो¨ टावको सन्देश लिएर उपमन्त्री वाङ नेपाल भ्रमणमा आउन लागेको उच्च स्रोतको दाबी छ ।

 

 

उपविदेशमन्त्री वाङले नेपाल भ्रमणको क्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र महिला बालवालिका तथा समाजकल्याणमन्त्री थममाया मगरलगायतसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

 

 

स्रोतकाअनुसार वाङले नेपाल भ्रमणकै बेला नेकपा अध्यक्ष प्रचण्डलाई चीन भ्रमणको निम्तो दिने कार्यक्रम छ । उनले सोमबार प्रचण्डसंग द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको गत महिना भएको चीन भ्रमणपछि उत्तरी छिमेकी मुलुक चीनबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

 

 

उप विदेशमन्त्री वाङ यसअघि विदेश विभागमै सहायकमन्त्री रुपमा कार्यरत थिए । उनले त्यसअघि फ्रान्स,बेलायत र युरोपका विभिन्न देशमा चिनिया कुटनितिज्ञका रुपमा काम समेत गरेका थिए ।