टिपरको ठक्करबाट १ जनाको मृत्यु

 काठमाडौं साउन २६। टिपरको ठक्करबाट १ जनाको मृत्यु भक्तपुरको सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षिय देवेन्द्र सदाय घाइते भएका थिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले टिपर पछाडि सार्दा टिपरको ठक्करबाट गम्भीर घाइते भएका सदायको उपचारका क्रममा गए राति १ बजे राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा मृत्यु भएको होे ।ठक्कर दिने टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियाे ।