पसिनाबाट १ मिनटमै थाहा पाउनुहोस कतै तपाईलाई मधुमेह लागेको त छैन

एजेन्सी। वैज्ञानिकहरूले हाम्रो शरीरको पसिनासहितको छालाको विश्लेषणबाट ब्लड सुगर (मधुमेह) को मात्रा पत्ता लगाउने सेन्सर विकास गरेका छन्।

ब्लड सुगरको मात्रा पत्ता लगाउन थोरै पसिना भए पुग्छ। दक्षिण कोरियाली वैज्ञानिकको एउटा समूहले ब्लड सुगरको मात्रा पत्ता लगाउन सेन्सर प्रभावकारी भएको प्रमाणित गरेका हुन्। यसबाट मधुमेह पीडितलाई सहयोग पुग्ने वैज्ञानिकहरुको विश्वास छ। यो सेन्सरलाई एउटा ‘प्याच’ले सानो सुइसँग जोडिएको छ। यसले मधुमेहको औषधि शरीरमा आपूर्ति गरिदिन्छ।

 

सोल विश्वविद्यालयको वैज्ञानिक समूह मधुमेहका बिरामीलाई परीक्षणका लागि रगत संकलन गर्नबाट छुटकारा दिलाउन चाहन्थ्यो। मधुमेह दुई प्रकारको हुन्छन् । एउटा, अनियमित खानपान र जीवनशैलीका कारण ब्लड सुगरको मात्रा नियन्त्रण गर्ने शारीरिक क्षमता ह्रास भएर हुन्छ। र अर्को प्रकारको मधुमेह भने, हाम्रो शरीरको रोग प्रतिरोध क्षमताले नै ब्लड सुगर नियन्त्रण गर्ने अंग निस्क्रिय बनाइदिन्छ।

 

दुवै प्रकारका मधुमेहमा बिरामीको रगतमा चिनीको मात्रा (ब्लड सुगर लेभल) लाई औषधिले नियन्त्रण गरी निश्चित स्तरमा राखिन्छ। यसमा लापरबाही वा बेवास्ता गरिए बिरामीको मृत्युसमेत हुनसक्छ।

 

यो सेन्सर निकै लचकदार भएकाले सजिलै छालामा राख्न सकिन्छ। तर, वैज्ञानिक समूहले यसलाई व्यावसायिक उपयोगमा ल्याउन अझै चुनौती बाँकी रहेको बाँकी छ।

 

किनभने रगतमा जति मात्रामा चिनी हुन्छ, त्यसको तुलनामा पसिनामा चिनीको मात्रा निकै थोरै हुन्छ। यस्तोमा पसिनाबाट रगतमा चिनीको मात्रा पत्ता लगाउन सजिलो हुँदैन। त्यसमाथि पसिनामा अनेकौं केमिकल्स पनि हुन्छन्। ती केमिकलमा ‘ल्याक्टिक एसिड’ पनि हुन्छ, जसले चिनीको मात्रा निर्धारणमा प्रभाव पार्छ। यो

 

प्याचमा तीन वटा सेन्सर छन्, जसले रगतमा चिनीको मात्रा पत्ता लगाउँछन्। पसिनाको एसिडिटी परीक्षण र पसिनाको स्तर पत्ता लगाउन ह्युमिडिटी सेन्सरको प्रयोग गरिन्छ। सबै सेन्सरलाई पसिना निस्कने छालामा लगाइन्छ। सबैले पसिना सोस्छन्। यो सबै प्रक्रियामा सेन्सर जोडिएको पोर्टेबल कम्प्युटरमा जानकारी संकलन हुन्छ र रगतमा चिनीको मात्रा निर्धारण हुन्छ।