आँधीसहितको वर्षाले हजारौं नागरिक विस्थापित

 

वासिंटन, भदौ ८ । अमेरिकाको हवाई प्रान्तमा भारी बर्षा र आँधीका कारण हजारौं मानिस विस्थापित भएपछि आपतकालिन अवस्था घोषणा गरिएको छ ।

 

बाढी र पहिरोका कारण सयौं घर डुबानमा पर्नुका साथै दर्जनौं घर भत्केका छन् । हवाई लगायत अलोहा शहर डुबानमा पर्दा यी दुबै शहरका अधिकांश स्कूल र कलेज बन्द गरिएका छन् । आन्तरिक र बाह्य उडान रद्द गरिएका छन् ।

 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन र विस्थापितलाई सुरक्षित स्थानतर्फ सार्न निर्देशन दिएका छन् । आँधीले थुप्रै सवारीसाधनमा क्षति पुग्नुका साथै सार्वजनिक यातायात अवरुद्ध बनेको छ । बिजुली आपूर्ति बन्द भएको छ ।