शिक्षक कतै शून्य, कतै धेरै

 

काठमाडौं  देशका दुई हजार ५५४ विद्यालयमा आधारभूत तह९कक्षा १–८० मा एक जना पनि स्थायी शिक्षक छैनन्। माध्यमिक तह (कक्षा ९–१०) पढाइ हुने ५०४ विद्यालयमा शिक्षक दरबन्दी छैन।

तीन हजार ५८ विद्यालयमा शिक्षक दरबन्दी शून्य छ।कपिलवस्तु स्थानीय तहपिच्छे प्राथमिक विद्यालयहरूमा विद्यार्थी अनुपात र शिक्षक दरबन्दीबीच ठूलो अन्तर छ। कुनै विद्यालयमा शिक्षक बढी छन् भने कुनैमा कम्ती। वाणगंगा गाउँपालिकामा २५ विद्यार्थी बराबर एक शिक्षकका दरले दरबन्दी छ।

कपिलवस्तुकै विजयपुर गाउँपालिकामा १२६ विद्यार्थी बरारबर एक शिक्षक छन्। यो तथ्यांक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलले तयार पारेको हो। शिक्षक दरबन्दी मिलाउन सरकारलाई सुझाव दिने उद्देश्यले गठित कार्यदलले प्रदेश÷प्रदेश पुगेर स्थानीय तहहरूको शिक्षक विवरण तयार पार्न थालेको छ। कान्तिपुर दैनिकबाट।