मंसिरदेखि काठमाडौंमा विद्युतीय बस

 

काठमाडौं भदाै ९। मंसिरदेखि काठमाडौं उपत्यकामा विद्युतीय (इलेक्ट्रिक) बस सञ्चालनमा आउने भएका छन्। चीनबाट ल्याउन लागिएको बसको खरिद प्रक्रिया सुरु भएको छ।

बस सञ्चालनका लागि गोर्खा इको प्यानल नामको कम्पनीले सम्भावनाका बारेमा चीनको विद्युतीय बस निर्माण कम्पनीका प्रतिनिधिलाई नेपाल ल्याएर सडकको अध्धयन गराएको छ। प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालका अनुसार कम्पनीले सडकको अवस्था, घुम्ती, उकालो ओरालो तथा गतिको अध्ययन गरेको थियो।

अध्ययनपछि उनीहरूले सडकमा पानी जम्म हुने समस्या भने हटाउन सुझाव दिएका थिए। हाललाई चक्रपथ, भक्तपुर सूर्यविनायकदेखि कलंकी, तीनकुने, बानेश्वर, माइतीघरर रत्नपार्क रुटमा गाडी चलाउन यातायात व्यवस्था विभागसँग कुरा भइरहेको दुवालले बताए। हाल ठूलो र सानो गरी दुईवटा मात्र बस ल्याउन लागिएको छ। ४० सिट भएको तर उभिएरसमेत ९० जनाले यात्रा गर्नसक्नेछन्। सानोमा १५ सिट र ३५ जनासम्मको क्षमता हुनेछ। आजको गोरखापत्र दैनिकमा छ।