सर्पको टोकाइबाट युवकको मुत्यु

 

डडेल्धुरा, भदौ ८ । डडेल्धुराको भित्री मदेसमा पर्ने परशुराम नगरपालिका–६ कुडामा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ।

सर्पले टोकेपछि उनलाई उपचारका लागि जोगबुडा अस्पताल ल्याइएको थियो। तर, त्यहाँ उनको उपचार हुन नसकेपछि सेती अञ्चल अस्पताल कैलाली लगिएको र उपचारका क्रममा नाथको मृत्यु भएको इलाका प्रहरी कार्यलय जोगबुडाले जनाएको छ।

 

मृत्यु हुनेमा परशुराम नगरपालिका–६ कुडाका २७ वर्षीय केशव नाथ रहेका छन्। शुक्रबार बिहान ४ बजे घरमै सुतिरहेको वेला उनलाइ सर्पले टोकेको उनका भाइ अशोक नाथले जानकारी दिए।