यौनजन्य क्रियाकलाप रोक्न सबै लागौँ :मन्त्री थापा

   विष्णु आले’विकिरण’

काठमाडाै भदाै ९।महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री थम माया थापाले महिला,बालबालिका प्रति हिँसा र यौनजन्यक्रियाकलाप गर्न नपाइने बताएकी छिन्
 
 
इष्टुका पूर्ब अध्यक्ष तथा इ  आइका सदस्य मुकुन्द गौतमको बाल पत्रिका सारथीको उद्घाटन गर्दै मन्त्री थापाले भनिन्,’ अबको सचेतना अभियान शिक्षकले फैलाउनुपर्छ।अहिले धेरै ठाउँमा यौनहिँसा भइरहेछन्।
 
 
यसलाई नियन्त्रण गर्नु तपाईं हामी सबैको कार्यभार हो।शिक्षकले चाहेमा यस्ता गतिविधिमा संलग्नहरुलाई केही निर्मूल पार्न सक्छ।
 
दिगो विकासमा लक्ष्य र नेतृत्व विषयक कार्यशाला सो गोष्ठी कार्यक्रममा शिक्षाविद्ध विद्यानाथ कोइरालाले अहिलेका बालकहरु संकट र अन्योलमा जन्मिएर त्यस्तैमा हुर्किएकाले विभिन्न घट्ना तथा क्रियाकलापमा सहभागी बन्ने गरेको प्रष्ट पारे।