कञ्चनपुरका अर्का एक युवा जसलाई प्रहरीले ११ दिन थुन्यो

 

काठमाडौं भदाै १२। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ । ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ बर्षे चक्र बड्र अहिले पनि आतंकति छन ।

 

तर, अनुसन्धानमा उनी पनि पक्राउ परेका थिए। भन्ने प्रहरीले कसैलाई पनि जानकारी गराएको छैन । घटनालगत्तै प्रहरीले कैलालीका जीवन धर्तीमगर र कञ्चनपुरका दीपक नेगी पक्राउ गरेको थियो ।

 

बाल जानकाी आधारभुत विद्यालय, हल्दुखालका शिक्षक चुडामणि भट्टका अनुसार मानसिक सन्तुलन ठीक नभएका जीवन घटनाकै दिन साउन १० को मध्याह्न भगतपुर खोलानजिक देखिएका थिए ।

 

ती ब्यक्तिलाई त्यहाँबाट हटाइदिन वा पक्रेर लैजान गस्तीमा हिँडेका प्रहरीलाई भट्टले आग्रह गरेका थिए । तर, एक थप्पड लगाये भने मर्ला, चौकीमा लगेर यसलाई पाल्ने लफडा पनि किन गर्ने भन्दै प्रहरी पन्छिएको थियो ।आजको नयाँ पत्रिकाबाट।