पसलमा आगलागी हुँदा तीन लाख बढीको क्षति

 

कञ्चनपुर, भदौ १२ । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीमा विद्युतका सामग्री बिक्री गर्ने पसलमा आज विहान आगलागी हुँदा रु तीन लाख ५० हजार बढीको क्षति भएको छ ।

 

देवकी अबस्थीको घरको सटर भाडामा लिई पसल सञ्चालन गर्दै आएका कृष्णपुर नगरपालीका ३ का धर्मदेव रानाको पसलमा आगाली भएको हो ।

 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक रमेशदत्त अबस्थीकाअनुसार विद्युत बोर्डबाट आगोलागी पसलमा राखिएका विद्युतका सामान पुरै जलेर नोक्सानी पुगेको छ ।

 

पसल सञ्चालक रानाले पसलमा रहेका रयाक, काउन्टर, वारिङका सामग्री, पाईप, बल्व, तार लगायतका सामग्री पुरै जलेपछि नोक्सानी व्यहोर्नु परेको बताए । आगलागी बिहान ४ बजेर १५ मिनट जाँदा भएको बताइएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगलागी नियनत्रणमा लिइएको छ ।