नशालु पदार्थ खुवाएर भारतमा लुटिए नेपाली

कञ्चनपुर, भदौ १४ । भारतको नयाँ दिल्लीबाट बस मार्फत फर्कदै गरेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा बिहीबार लुटिएका छन् ।

बसको एकै सिटमा सबेर आएका युवाले दिएको आइसक्रिम खाएर बेहोस बनेका तिरुवा लुटिएका हुन् । भारतको बरेलीको रामनगर नजिकसंगै बसेका युवाले आईसक्रिम खान दियो, आफुले पनि खायो पीडित तिरुवाले भने,–‘बस भित्रै बेहोस भएपछि गोःराका लागि परिवारको खर्च ल्याएको थिए सबै लुटेर लगे ।

उनकाअनुसार छ महिना काम गरेर कमाएर ल्याएको भारतीय रुपैयाँ ४० हजार र परिवारका लागि ल्याएको कपडा सबै लुटेराले लुटेर लगेको छ । बेहोस अबस्थामामै सीमावर्ती बजार बनवसा पुगेपछि नेपालीको सहयोगमा उनी घर पुगेका छन् ।