एक बालिकाकोअरिङगालको टोकाइबाट मृत्यु,, दुई घाइते

सांकेतिक तस्बिर

बैतडी, भदौ १८ । अरिङगालको टोकाइबाट बैतडीमा सोमबार एक बालिकाको मृत्यु भएको छ ।घर नजिकै मकैबारी मकै भाचिँरहेका बेला एक्कासी आएका अरिङ्गालहरुले टोक्दा सम्झनाको मृत्यु भएको स्थानीय राजेन्द्र विष्टले जानकारी दिए ।

 

भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा पाटन नगरपालिका–४ चिल्लेपानीका मदन लुहारका ३ वर्षीया छोरी सम्झना लुहार रहेकी छन् ।

 

घाइते हुनेहरुमा मदन लुहारकै ५ वर्षीया छोरी दिपा र ९ वर्षीय छोरा जगदिश रहेका छन् । सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको मुख्य दिन अरिङ्गालले टोकेर छोराको मृत्यु र घाइते हुँदा मदनको घरपरिवारमा शोकमा डुबेको छ ।