पेट्रोल , डिजेल, मट्टितेल र ग्यासको मूल्य फेरी बढ्यो

काठमाडौं २१ भदौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।

 

आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँको दरले मूल्य बढाएको छ ।यस्तै खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ ।