श्रीमान जेलमा, आफ्नो प्रेमीसँग आपत्तिजनक अवस्थामा सासुले देखेपछि सासुको हत्या

एजेन्सी । भारतको ग्वालियरमा एक महिलाका पति कारागार भएपछि उनले पतिको साथीसँग अवैध सम्बन्ध बनाएकी थिइन् । तर, उनको यो रासलीला बढी टिक्न पाएनन् र उनकी सासुले एकदिन प्रेमीसँग आपत्तिजनक अवस्थामा फेला पारिन् ।

 

त्यसपछि सासुले बुहारीलाई काहीँ बाहिर जान र उसलाई भेट्न आउनेहरुलाई पनि रोक्न थालिन् । यो कुरा बुहारीलाई मन परेन र सासुलाई बाटोबाट हटाउने निर्णय सोच्न थालिन् । बुहारीले सासुलाई पहिले निन्द्रा लाग्ने औषधी खुवाइन्, अनि तौलियाले उनको घाँटी घोटेर हत्त्या गरिन् ।

 

प्रहरीको हत्याको शंका आफूमाथि नगरोस भनेर उनले आफ्नो घरभित्रै लुटपाटदेखि लिएर बलात्कार सम्मको कथा बनाइन् । यो सबै कुरा उनले एउटा क्राईम सिरियलबाट सिकेकी थिइन् । यद्यपी जुलीका पति शिवा आफ्नो बुवाको हत्त्याको आरोपमा २०१३ सालदेखि कारागारमा छन् ।

 

उनको घरमा उनका आमा, पत्नि र एउटा छोरा छन् । शिवा कारागारमा रहने बेला उनका साथीहरु संदेश लिएर घरमा आउने गर्थे । यस्तैमा पतिका एक साथीसँग जुली धेरै नै नजिक हुन पुगिन । पतिका साथी पनि राति जुलीकहाँ आउने गर्थे । यही क्रममा सासुले एकदिन बेडरुममा दुबैलाई आपत्तिजनक आवस्थामा फेला पारिन् । सासुको हत्यापछि जुली घरबाट वेपत्ता भएकी छन् ।