चिनीया राष्ट्रपति रसिया शिखर बैठकमा सहभागी हुने

बेइजिङ । चिनीया राष्ट्रपति सी जिनपिङ अर्को साता रसियामा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुने चिनीया विदेश मन्त्रालयले जनाएको छ ।

 

जापान र दक्षिण कोरियाका प्रधानमन्त्रीहरु पनि सहभागी हुने उक्त सम्मेलनमा उत्तर कोरियाली नेता कीम जोङ उनलाई पनि आमन्त्रण गरिएको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता कीमलाई रुसको भ्लाडिभोस्टकमा आयोजना हुने पूर्वी आर्थिक मञ्चमा सहभागी हुन आमन्त्रण गरेका छन् ।

 

सम्मेलन यही सेप्टेम्बर ११–१३ मा हुँदैछ । कीमले भने सहभागिताका बारेमा घोषणा गरेका छैनन्, तर उनको सहभागिताले अन्तर्राष्ट्रिय जगतमा प्योङयाङको उपस्थिति बलियो हुनेछ । चिनीया अधिकारीहरुले सम्मेलनका क्रममा राष्ट्रपति सी जिनपिङले अरु नेताहरुसँग अलगअलग भेटघाट गर्ने नगर्ने स्पष्ट भइनसकेको बताए ।

 

चीनका विदेश सहायक मन्त्री झाङ हानहुइले अरु मुलुकबाट भेटघाटको प्रस्ताव आए त्यसलाई सकारात्मक लिइने संवाददाताहरुलाई बताउनुभयो । यसै वर्ष उत्तर कोरियाली नेता कीमसँग राष्ट्रपति सीले तीन पटक भेट गर्नुभएको छ ।

 

राष्ट्रपति सीले चिनीया वरिष्ट सांसद ली झान्सुलाई यही साता उत्तर कोरियाको ७०औं वार्षिकोत्सवमा सहभागी हुन प्योङयाङ पठाउनुभएको छ । यो वार्षिकोत्सवमा चिनीया राष्ट्रपति सहभागी हुने धेरैले अनुमान लगाएका थिए ।

 

उत्तर कोरियाका सन्दर्भमा “रोलर–कोस्टर कुटनीति” अवलम्बन गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मात्र उत्तर कोरियाको आणविक निःशस्त्रीकरणसम्बन्धी वार्ता जीवितै रहेको सङ्केत गरेका छन् ।

 

राष्ट्रपति सी भ्लाडिभोस्टकमा मङ्गलबार र बुधबार रहनेछन् । रसियाले आयोजना गरेको वार्षिक आर्थिक मञ्चको बैठकमा चिनीया नेताको यो पहिलो सहभागिता हो । बैठकमा चीन र जापानबीच सन् २०१२ देखि बिग्रिएको सम्बन्धमा केही सुधार आएको छ । हालैका महिनाहरुमा दुबै पक्षबीच उच्चस्तरको भ्रमण हुनेक्रम सुरु भएको छ ।एएफपी