भारतीय गृहमन्त्रीसँग प्रचण्डले भने : ‘सीमा क्षेत्रमा नेपाली लुटिने श्रृङ्खला रोक्नु र्पयो

शुक्रबार अपराह्न भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
उनले सीमा क्षेत्रमा प्रवासी नेपालीमाथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा गृहमन्त्री सिंहको ध्यानाकर्षण पनि गराए । भारतीय गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीलाई तत्कालै खबर गरी त्यस्तो घटना हुन नदिने विश्वास समेत दिलाएका थिए ।