प्रधानसेनापति पूर्णचन्द्र थापाले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं भदाै २४।प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल भदौ २४ मा सकिएपछि थापाले प्रधानसेनापतिको जिम्मेवारी पाएका थिए। थापा वरियताका आधारमा नेपाली सेनाको प्रधानसेनापतिमा सिफारीस भएका थिए ।

 

प्रधानसेनापति पूर्णचन्द्र थापाले पद तथा गोपनियताको सपथ लिएका छन्। राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा र राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले थापालाई सपथ र दज्र्यानी चिन्ह प्रदान गरेकी हुन। थापाले साउन २४ देखिकामु प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हालेका थिए ।

 

नेपाली सेनामा उनको करियर ग्राफ र ट्रयाक रेकर्ड अत्यन्तै कूशल सैनिक अधिकृतका रुपमा रहेकाले पनि उनी भावी प्रधानसेनापतिको दौडमा सम्भावित एक्ला दाबेदारजस्तै थिए । कामु प्रधानसेनापति थापा सैनिक करियरमा जति अब्बल र कूशल कहलिएका छन, वास्तविक जीवनमा उत्तिकै सरल, मिजासिलो र तार्किक मानिन्छन् ।

 

थापा नेपाली सैनिक अधिकृतहरुमा यस्ता काबिल अधिकृत हुन् जसले नेपाली सेनाका महत्वपूर्ण मानिने सबै कार्यलय तथा विभागहरुको नेतृत्व गरेका छन् । अधिकृतहरुको वृत्ति विकासमा काम गर्ने सैनिक सचिव विभाग, नेपाली सेनाका भुुपु तथा वहालवाला सैनिकहरुको हित र कल्याणका लागि काम गर्ने सैनिक कल्याणकारी कोष, कार्यरथी विभाग, प्रवन्ध तथा सम्भार रथीको कार्यलय, शान्ति सेना सञ्चालन निर्देशनालय, बाहिनी, पृतना, बलाध्यक्षको कार्यलय, बलाधिकृतको कार्यलयलगायतका नेपाली सेनाभित्रका सबैजसो महत्वपूर्ण र गहन जिम्मेवारी बोकेका कार्यलय तथा विभागहरुको नेतृत्व उनले कुशलतापूर्वक सम्हालेका थिए ।

 

अधिकांश सैनिक अधिकृतहरुले सैनिक मुख्यालय अन्तर्गतका ती कार्यलय तथा विभागहरुमध्ये एक वा दुईको मात्र नेतृत्व गर्ने अवसर पाउने गरेका छन् । यस सन्दर्भमा सबै कार्यालय र विभागको नेतृत्व गरेर अनुभव हासिल गर्ने अवसर पाएका थापालाई भाग्यमानी सैनिक अधिकृतका रुपमा पनि हेर्ने गरिन्छ ।

 

प्रधानसेनापतिमा नियुक्त थापाको छवि नेपाली सेनाभित्र विवादरहित अधिकृतका रुपमा छ । नेपाली सेनाभित्र थोरै सैनिक अधिकृतहरु मात्रै आफूले सम्हालेको कार्यलय तथा विभागहरुमा आफूमाथि प्रश्न नउठने वातावरण बनाएका हुन्छन्, थापा तिनैमध्येका एक हुन् । आर्थिक अनियमिततासंग जोडिएर सधैजसो चर्चा र विवादमा तानिने सैनिक कल्याणकारी योजना निर्देशनालयका निर्देशक हुंदा थापाले पहिलोपटक कोषको आय—व्ययको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने दरिलो कदम चालेका थिए । त्यसयता हरेक वर्ष कल्याणकारीले पत्रकार सम्मेलन गरी आफ्ना गतिविधि तथा आय—व्यय विवरण सार्वजनिक गर्दै आएको छ ।

 

नेपाली सेनाको नेतृत्वमा थापा आएसंगै सेनाका अन्य निकाय तथा विभागहरुलाई पारदर्शी बनाउने, सैनिक ठेक्कापट्टामा हुने विवाद, सैनिक अस्पतालमा हुने घोटाला, कल्याणकारी रकमको दुरुपयोगलगायतमा आमुल परिवर्तन हुने अपेक्षा गरिएको छ । ‘उहांको छवि नै निष्ठा र पारदर्शितामा जोड दिने अधिकृतका रुपमा छ,’ उनलाई नजिकबाट चिन्ने एक सैनिक अधिकृत भन्छन्, ‘त्यसैले सेनाभित्र रहेका गलत प्रवृति विरुद्धमा उहां कठोर रुपमा प्रस्तुत हुने देखिन्छ ।’ ती सैनिक अधिकृतकाअनुसार यसले नेपाली सेनालाई थप गतिशील बनाउने छ ।

 

नेपाली सैनिक अधिकृतहरुले विरलै अवसर पाउने राष्ट्रसंघीय शान्ति मिसनको फोर्स कमाण्डरमा विश्वस्तरीय परीक्षामा छनोट भएका थापासंग एक वर्ष सिरियामा फोर्स कमाण्डरका रुपमा समेत काम गरेको अनुभव समेत छ । नेपाली सेनाको २ सय ५५ वर्ष लामो इतिहासमा आधा दर्जन उच्च सैनिक अधिकृतले मात्र त्यो विशिष्ट अवसर पाएका छन् ।

सैन्य विरासतबाट प्रधानसेनापति

शुक्रवार प्रधानसेनापतिमा नियुक्त पूर्णचन्द्र थापाको जन्म वि।सं २०१७ साल भाद्र २५ गते गाउं शहर–८, लम्जुङमा सामान्य परिवारमा भएको हो । सेनाको जागिर थापाको पुस्ताको गरिमासंग जोडिएको छ । उनका हजुरबुबा र बुबा दुवै जना नेपाली सेनामा कार्यरत थिए । उनी बुवा प्रमुख सेनानी फणेन्द्रबहादुर थापा अप्रा र आमा सावित्री थापाको कान्छा छोरा हुन् ।

 

थापा पनि पारिवारिक विरासत पछ्याउंर्दै २०३६ सालमा अधिकृत क्याडेटका रुपमा नेपाली सेनामा भर्ना भएका थिए । २०३७ साल मंसिर २७ मा उनी गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भए ।

 

३६ वर्ष लामो सैनिक सेवाको दौरान थापाले विभिन्न तहमा विविध कमाण्ड तथा स्टाफ नियुक्तिहरु सम्हाल्नुका साथै देश तथा विदेशमा थुप्रै तालिम, सेमिनार एवं अभ्यासहरुमा सहभागी अनुभव संगाल्ने अवसर पाएका छन् । उनले सेनानी दर्जामा अनाश्रित गुल्म श्री श्रीजंग गुल्मको कमाण्ड गर्नुको साथै जंगी अड्डामा स्टाफ अधिकृत र सैनिक शिक्षालयमा शिक्षक तथा डाईरेक्टिङ्ग स्टाफको जिम्मेवारी समेत सम्हालेका छन् ।

 

प्रमुख सेनानी रहंदा थापा श्रीजंग गण कमाण्ड गर्नुको साथै बाहिनीमा जी—३ ९ओपिएस०को कार्यभार सम्हालेका थिए । उनले प्रमुख सैनिक सचिवालयको कार्यलयमा प्रमुख सेनानी हुंदा सम्पर्क अधिकृतका रुपमा समेत जिम्मेवारी निभाए । महासेनानी दर्जामा उनले जी—२ स्टाफको जिम्मेवारी कुशलतापूर्वक पूरा गरे ।

 

१० वर्षे माओवादी युद्धका बेला उनले सबैभन्दा बढी प्रभावित मानिने पश्चिम पृतना हे।क्वा।मा सह चिफ अफ स्टाफ ९अपरेशन०को चुनौतीपूर्ण जिम्मेवारी पूरा गरेका थिए । सहायक रथीमा नं २ बाहिनी अड्डाको कमाण्ड सफलतापूर्वक सम्पन्न गरेपश्चात, उनले जंगी अड्डामा सैनिक सचिव तथा कल्याणकारी योजना निर्देशकजस्ता महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरे ।

 

वि।सं। २०६९ साल जेष्ठ ०२ गते उपरथी दर्जामा पदोन्नती भएका थापा कार्यरथी विभागमा नियुक्त भएका थिए । तत्पश्चात उनले उपत्यका पृतनाको कमाण्ड सम्हाले भने त्यसपछि जंगी अड्डास्थित सम्भार रथी विभागमा समेत काम गरे ।

 

संयुक्त राष्ट्रसंघमा पटक—पटक गरी विभिन्न नियुक्तिमा सेवा गर्दै विविध अनुभव सम्हाल्ने अवसर पनि उनले पाएका छन् । सन् १९८६ मा उनले लेवनानस्थित संयुक्त राष्ट्रसंघको युनिफिल मिसनमा सेमुपति र सोही मिशनमा १९८९ मा अपरेशन डिउटी अधिकृतको जिम्मेवारीमा रहेर काम गरे । थापाले सैनिक परिवेक्षकको रुपमा सन् १९९४ मा पूर्व युगोस्लाभाकियास्थित युएनपीआर ओएफओआरमा कार्य गरेका थिए । त्यस्तै संयुक्त राष्ट्रसंघको नेपाल स्थित अनमिन मिसन रहंदा त्यस अन्तर्गतको संयुक्त सुपरिवेक्षक समन्वय समिती ९जेएमसीसी०मा नेपाल सरकार तथा नेपाली सेनाको प्रतिनिधित्व गर्दै सह–अध्यक्षको भुमिका निर्वाह गरे ।

 

थापा वि।सं। २०७१ साल माघ २५ गतेदेखि २०७२ माघ २४ सम्म संयुक्त राष्ट्रसंघको मध्यपूर्व्स्थित इजरायल तथा सिरियाको सिमानास्थित गोलान हाइटमा संयुक्त राष्ट्रसंघको विच्छेदन पर्यवेक्षक दल ९युएनडिओएफ०को हेड अफ द मिसन तथा फोर्स कमाण्डरजस्तो महत्वपूर्ण जिम्मेवारीमा नियुक्त भएका थिए ।

 

कामु प्रधान सेनापति थापाले स्वदेशमा गर्नुपर्ने विभिन्न तालिमका साथै भारतबाट बटालियन सपोर्ट वेपन, योङ अफिसर कोर्स ९अफिसर इन्फेन्ट्रीरसेक्युरिटी कोर्स० र नेशनल डिफेन्स कोर्स पूरा गरेका छन् । यस्तै, उनले संयुक्त राज्य अमेरिकाबाट इन्फेन्ट्री अफिसर्स एडभान्स कोर्स र एक्जुकिटीभ कोर्स गरेका छन् । उनले नेपालमै कमाण्ड एण्ड स्टाफ कलेज गरेका छन् ।

 

थापालाई प्रधानसेनापति बनेसंगै सेनाभित्र पारदर्शिता कायम गर्ने, आफ्ना पोस्ने परम्परातको अन्त्य गर्दै काबिललाई उचित जिम्मेवारी दिने, राष्ट्रिय सुरक्षालाई सुदृढ गर्नेलगायतका गहन र महत्वपूर्ण जिम्मेवारीआइ परेका छन् । जसमा अनुभवले खारिएका थापा कामयाब हुने उनका निटकवर्तीहरु बताउंछन् ।

 

त्रिभुवन विश्वविद्यालयबाट सामाजिक विज्ञानमा स्नातक थापाले भारतको मद्रास विश्वविद्यालयका डिफेन्स एण्ड स्ट्राटेजिक स्टडीमा स्नातकोत्तर गरेका छन् । अहिले उनको परिवारमा बुबाआमाको साथै श्रीमती दिपा, छोरी रुरु र छोरा रौनक छन् ।