बन्धक बनाएर दुर्इ बालिका बलात्कार गर्ने एकजना पक्राउ

काठमाडाै भदाै २५।  कीर्तिपुरमा दुर्इ बालिकालार्इ बन्धक बनाएर बलात्कार गरेको अारोपमा एकजनालार्इ प्रहरीले पक्राउ गरेको छ ।पीडितमध्येकी एकजना बालिकालार्इ खत्रीले अाइतबार साँझ बलात्कार गरेपछि बल्खुमा लगेर बेवारिशे अवस्थामा छोडेपछि उनले आफ्ना अभिभावकलार्इ खबर गरेकि  थिइन् । 

 

अभिभावकले थाहा पाएपछि प्रहरीमा परेको उजुरीको अाधारमा प्रहरीले खोजतलासी गर्दा अर्की बालिका पनि भेटिएको कीर्तिपुर वृतका  डिएसपी अनिल खड्काले बताए ।पक्राउ पर्नेमा कीर्तिपुरमा कोठा भाडामा लिएर बस्ने हेम खत्री रहेको प्रहरीले जनाएकाे छ ।

 

पीडित बालिकाहरुको स्वास्थ्य जाँचपछि अाइतबार नै अभिभावकलार्इ जिम्मा लगाएको छ भने उनीहरुको स्वास्थ्य सामान्य रहेको प्रहरीले बताएकाे छ ।