जब एउटा युवती मध्यरातमा एक्कासि गायब भइन् त्यसपछि भयो हंगमा हेर्नुहास् यस्ताे छ कारण?

काठमाडाै। प्रहरी हवलदार नूमबहादुर केसीलाई अचानक पेट दुख्यो । उनीराति करिव ११ बजेको समय ट्वाइलेट गए ।ट्वाइलेटको छेउमा रहेको हुलाकको बाहिर एक १४–१५ वर्षीया किशोरी सेतो पहिरनमा बसिरहेकी थिइन् । हुलाक कार्यालय प्रहरी कार्यालयको परिसर नजिकैको दुरीमा छ ।

प्यूठान सरुमारानी ४ स्थित अस्थायी प्रहरी चौकी बड्डडाडाका हवाल्दार केसीले सोधे ‘तपाईं को हो ? कहाबाट आउनुभो ?’, उनले सोध । ‘म भालुबाङबाट लामाचौर जान लागेकी अलपत्र परे फोन दिनुन फोन गर्छु’, ती किश्वरीले जवाफ फर्काइन ।

 

हवल्दारसँग फोन थिएन उनले भने मसंग फोन छैन नानी एक छिनपछि है ।अनि ट्वाइलेट गरेर अफिस कोठामा आएर प्रहरी जवानलाई एक जना बहिनी अलपत्र अबस्थामा छिन जाउ त भाइ फोन गराउ भनेपछि प्रहरी ती किशोरी भएको ठाउँमा पुगे । त्यस्तै ५–७ मिनेट कुरा भए छ । प्रहरीले सोधे छन् ? कहाँ बाट आएको ? ती किशोरीले भनेछिन बडडाँडा साथीलाई भेट्न आएको फोन गर्छु मुबाइल दिनु न ।

 

प्रहरीले फोन दिएपछि उनले डायल गरेछिन फोन स्वीइचअफ भनेछ ।प्रहरी अफिस फर्किए । असइंसँग रिपोटिङ गरे । असईले हामी सबै जाउँ र यहाँ राख्न भएन को हो ? देबीस्थान पठाइदिउँ भनेर त्यति कुरा गरेर ती किशोरी भएतर्फ जाँदा जम्म ३ मिनेट समय मात्र बितेको थियो ।

 

उक्त स्थानमा प्रहरी फेरि जांदा अपरिचित केटी थिइनन् । प्रहरी रातको २ बजेसम्म ती किशोरीको खोजी कार्यमा लाग्यो । तर, ती नानी भेटिएन्।अस्थाइ प्रहरी पोष्ट बडडाँडाको प्रहरी हैरान परेको छ ।यसरी ती किशोरी एकाएक गायब भएपछि यो घटनाले पूरै बडडाँडामा चर्चा पाएको छ ।अझ अचम्म त के भने ती किशोरीले डायल गरेको नम्बर समेत मोबाइलमा थिएन । हवलदार नूमबहादुर केसीले भनेका छन् ।