सभामुख महराले कंचनपुरकी निर्मला पन्तको घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन

काठमाडाै भदाै २८। बिहीबार प्रितिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाका दोषिलाई सरकारले नै संरक्षण दिएको भन्दै घटनाबारे स्पष्ट जानकारी माग गरेपछि सभामुखले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सभामुख कृष्णबहादुर महराले कंचनपुरकी निर्मला पन्तको घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ पनि गरेका छन् ।

 

बैठक सुरु भएको जानकारी गराए लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध गरेपछि सभामुखले कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुलाई बोल्नका लागि समय दिएका थिए ।

 

उनले निर्मला पन्तको हत्याको घटनासंग जोडिएर सार्वजनिक भएका विषयमाथि सरकारको जवाफ नभएसम्म सदन चल्न नदिने बताएका थिए । त्यसपछि सभामुखले घटना तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

 

सभामुखले सरकारलाई ध्यानाकर्षण गराएपछि प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाईरहेपछि बैठक दश मिनेटका लागि स्थगित भएको छ ।