फेरी कञ्चनपुरमा एक महिला मृत फेला

कञ्चनपुर, भदौ ३० । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसी नजिकको नहरमा शनिबार बिहान अन्दाजी ५५ वर्षीया महिलाको शव फेला परेको छ ।

नहरमा आधा डुबेको अवस्थामा भीमदत्तनगर बजारको सब्जीमण्डीमा तरकारी बेच्ने कार्यमा संलग्न आइती सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए ।

 

‘सार्कीको डुबेर वा अन्य कारणले मृत्यु भएको भन्नेबारे अनुसन्धानको कार्य सुरु गरेका छौँ ।’ उनले भने । सार्कीको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । दैलेखको भुर्ती नगरपालिका घर भएकी सार्की भीमदत्तनगर बजारको सब्जीमण्डीमा तरकारी बेच्ने कार्य गर्दै आएकी थिइन् ।