बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

कञ्चनपुर, भदौ ३०। कञ्चनपुर भीमदत्त नगरपालिका शुक्रबार राति ७ बजे मदिराको नशामा रहेका मगरले श्रीमतीसँग विवाद हुँदा बञ्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

 

 भीमदत्त नगरपालिका–९ टुँडिखेल सिंगापुरका अन्दाजी ४५ वर्षीय चन्द्र पुन मगरले ३५ वर्षीया श्रीमती विमला पुन मगरको बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।

 

 मगरको घर परिवारलाई उद्धृत गर्दै उनले भने, ‘दुवै श्रीमान् श्रीमतीले सँगै मदिरा सेवन गरेपछि विवाद भयो । आवेशमा आएर चन्द्रले श्रीमतीलाई बञ्चरो प्रहार गरे। त्यसपछि भारततर्फ भागेर फरार भए ।’

 

श्रीमतीको हत्या गरेर मगर राति नै भारततर्फ फरार भएको र खोजतलासको कार्य जारी रहेको उनले बताए। भीमदत्तनगर बजारभन्दा झण्डै ४० किलो मिटर उत्तरतर्फ चुरेको विकटमा बस्ती रहेकाले हत्याबारे प्रहरीले शनिबार बिहान मात्रै जानकारी पाएको छ ।

 

घटनास्थलबाट शव पैदल नै बोकेर १० किलो मिटरको यात्रा तय गर्नुपर्ने अवस्था रहेको छ । १० किलो मिटर पैदल शव ब्रम्हदेव ल्याई त्यहाँबाट शव गाडीमा राखी महाकाली अञ्चल अस्पताल पुर्याइने बताइएको छ ।