कञ्चनपुरकाे विद्यालयमै बालिका बलात्कृत भएको खुलासा

कञ्चनपुर असोज ४ । कृष्णपुर नगरपालिका स्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा बालिकाको बलात्कार भएको छ । कृष्णपुर नगरपालिका–१ की ६ वर्षीय बालिका बिहीबार विद्यालयमै बलात्कार भएकी हुन् । कक्षा कोठामै बलात्कार भएको पीडितबालिकाको घर परिवारले जनाएको छ । बालिकाकी आमाले छोरी दिउँसो १ बजेतिर विद्यालयबाट घर आएको बताईन् ।

 

छोरी घरपुगेपछि भात खाईन । भात खाएपछि पल्टिईन । ‘मैले छोरीलाई होमवर्क गर भने, ‘आमाले भनिन्, ‘पिर भयो भन्दै छोरी रोईन् ।’ कता पिरो भयो, किन भयो, भनेर सोध्दा छोरीले तल्लो पेटमा पिर भएको बताईरहेकी थिईन । छोरीका कपडा खोलेर हेर्दा यौनीबाट रगत बगेको देखेपछि छोरीलाई के भएको भनेर सोधे । छोरीले सुभाव भन्ने केटाका दाईले हान्यो र ढलाएर बलात्कार गरेको बताईन् ।

 

‘छोरीलाई विद्यालय समयमै कक्षा कोठाभित्रै बलात्कार गरेको रहेछ, ‘आमाले भनिन, ‘तत्तकाल प्रहरीलाई खबर गरे ।’ बालिकाले घर परिवार र प्रहरीलाई दिएको बयान अनुसार प्रहरीले बिहीबारै घटनामा संलग्न सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत १० वर्षीय अमर सिह रानालाई पक्राउ गरेको छ ।

 

विद्यालयका प्रद्यानाध्यापक दिपेन्द्र चौधरीले विद्यालयमा घटना घटेको वा नघटेको बारेमा आफुलाई थाहा नभएको बताए । चौधरीले दिउँसो ३ बजेतिर प्रहरीले फोन गरेपछि मात्रै थाहा भएको बताए । जनता समाचार