नेकपा निकट प्रगतिशीललाइ पराजित गर्दै कांग्रेस निकट नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा श्रीकृष्ण भट्ट विजयी

काठमाडौं असाेज १४। नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा श्रीकृष्ण भट्ट विजयी भएका छन्। संघको शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा श्रीकृष्ण भट्टले ६ सय ४ मत ल्याए विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी मोहनकृष्ण श्रेष्ठले ५ सय २७ मत ल्याएका छन्।

 

संघमा नेपाली कांग्रेस निकटको पेशागत समूह र नेकपा निकट प्रगतिशील समूहबीच प्रतिस्पर्धा भएको हो।

त्यस्तै उपाध्यक्षमा कृष्णमान शाक्यले ५ सय ४६ मत प्राप्त गरेका थिए भने अर्का प्रत्यासी सुदर्शन पौडेलले ४ सय १५ मत मत प्राप्त गरे। महासचिवमा महेश्वर श्रेष्ठले ५ सय ५६ मत, सचिवमा दिपेन्द्र खड्काले ५ सय १३ मत, कोषाध्यक्षमा विनोद जोशीले ६ सय ५० मत र सह कोषाध्यक्षमा सञ्जय शाहले ५ सय ४६ मत प्राप्त गरि विजयी भएका छन्।

 

स‌ंघको १५ पदका लागि भएको निर्वाचनमा पेशागत समूहले अध्यक्ष सहित उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष सहकोषाध्यक्ष र ६ जना सदस्य सहित बहुमत पद जितेको छ। प्रगतिशील समूहले भने सचिव र अरु तीन जना सदस्यमा जित हासिल गरेको छ।

 

(१)अध्यक्ष  श्रीकृष्ण भट्ट ६०४ डा.मोहन कृष्ण श्रेष्ठ:५२७

(२)उपाध्यक्ष:डा.कृष्णमान शाक्य:५४६; शुदर्सन पौडेल:४१५; बसन्त अधिकारी:१४२

(३)महासचिव:महेश्र्वर श्रेष्ठ:५५६, चित्रजङ्ग शाही २८३, अनिल सिग्देल:२६२, डा.झलक शर्मा गौतम:४०

(४)सचिव:दिपेन्द्र खड्का:५१३, रामानन्द पण्डीत:४२३, राम कुमार श्रेष्ठ:१२१, भानु पौडेल:३४,

(५) कोषाध्यक्ष:बिनोद जोशी:६५०, रमेश भट्ट:३९७

(६)सह-कोषाध्यक्ष:सञ्जय शाह:५४६, डा.नरेन्द्र:५०५ 

 

नेपाल जनस्वास्थ्य संघको मतपरिणाम यस्ताे छ हेर्नुहाेस्