दशैंमा टिका जमरा लगाउनका लागि मात्र नभएर तेही जमराको सर्वत बनाई पिउदा चमत्कारिक फाईदा हुन्छन्न एक पटक अनिवार्य पढेर जानकारी लिनुहाेस्

काठमाडाै।धेरैलाई थाहा नहुन सक्छ, जमरा दशैँमा टीकासँगै लगाउने मात्र होइन, स्वास्थ्यको लागि खान पनि निकै फाइदाजनक छ । घटस्थापनामा राखिएको जमरा दशैँको टीकामा लगाउनुबाहेक खानु पनि स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक रहेको अध्ययनहरूले देखाएका छन् । नेपालमा दशैँमा टीका लगाउने बेला प्रयोग गरिने जमरा अन्य देशमा खानामा सलादको रुपमा, जूसको रुपमा पनि प्रयोग गर्ने गरेको पाइन्छ । सामान्यतया जौ, गहँु, मकै आदि मिसाएपछि चोखो माटोमा बाक्लै हुने गरी छरेर प्रकाश नपर्ने गरी जमरा राखिन्छ । यसरी छोपेर राखिएको जमरामा घामको प्रकाश नपर्ने हुँदा पहेलो रंगको हुन्छ । यसको औषधीय महत्व छ । आयुर्वेद चिकित्सामा जौको जमरा राम्रो मानिन्छ ।

 

वैज्ञानिकहरूले जमरालाई क्यान्सर रोग उपचारको लागि प्रभावकारी औषधि बताउँदै आएका छन् । यसको रस नियमित सेवन गर्दा क्यान्सर, रक्तअल्पता, चिनीरोगलगायत विभिन्न समस्यामा राहत मिल्ने उनीहरूको भनाइ छ । जमरामा पोलिफिनोल नामक सक्रिय तत्व पाइन्छ । उक्त तत्वले शरीरका विशेष प्रकारका प्रोटिनहरूको कामलाई बढाई इन्सुलिन निष्कासन गराउन खबर गर्ने काम गर्छ । यसले रगतमा रहेको ग्लुकोजलाई एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने र ग्लुकोजलाई टुक्र्याउन पनि सहयोग गर्ने गर्छ ।

 

जसले गर्दा रगतमा चिनीको मात्रा कम गर्ने अध्यनबाट देखिएको छ । यसै गरी जमरामा भिटामिन ए, के, सी, ईका साथै थायमिन, कोलिन, लौहतत्वलगायत विभिन्न खनिज तत्व र एमिनो एसिड पाइन्छ । एक ग्राम जौको जमरामा ७ सय ७५ मि।ग्रा। अर्गानिक सोडियम पाइन्छ । पूर्वीय चिकित्सा पद्धतिका आयुर्वेद ग्रन्थहरूमा जौ र जौको अंकुरमा भएका रसायन गुणले रक्तअल्पता, चिनीरोग, उच्च रक्तचापको समस्यामा विशेष राहत मिल्ने उल्लेख गरेको पाइन्छ । गाउँघरमा पेट र हाडसम्बन्धी समस्यामा जमरा खान दिने गरेको पाइन्छ र यसको प्रभावकारिता पनि देखिएको छ ।

 

यसले कलेजोको विषाक्त हटाउन र आन्द्रा सफा गर्न मद्दत गर्छ । तर याद राख्नुहोस् १ विभिन्न रोगविरुद्ध प्रभावकारी छ भनेर बजारमा राखिएका जमराको रसलगायत अन्य मिसावट रसादि वस्तुको भने जथाभावी प्रयोग गर्नुहुन्न । केमिकल मिसाइएका जूस जथाभावी सेवन गर्दा त्यसले झन् रगतमा चिनी र बोसोको मात्रा बढ्न सक्छ । त्यस्तै गरी विभिन्न रोगको उपचारको लागि प्रभावकारी हुन्छ भन्ने अध्ययनले देखाएको भन्दैमा लिइरहेको औषधि पनि छोड्नुहँुदैन । जुनसुकै औषधि पनि छोड्नुप¥यो भने चिकित्सकको परामर्श र सल्लाहमा मात्र छोड्नुहोला ।