दुई चार जना षडयन्त्रको ओथारो बस्दैमा सरकार ढल्दैन: प्रधानमन्त्री ओली


काठमाडौं  कार्तिक ०२। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यारो कोठामा दुई चार जना षडयन्त्रको ओथारो बस्दैमा सरकार नढल्ने बताएका छन् । दशैको शुभकामना आदानप्रदान गर्न झापा पुगेका प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकार कुनै योग वा भवितव्य नभई ठूलो संघर्षबाट बनेकाले सरकार ढाल्ने सपना नदेख्न चेतावनी दिए ।

 

सत्तारुढ नेकपाभित्रकै वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले सरकारप्रति असन्तुष्टि जनाएका बेला प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति दिएका हुन् । ओलीले आफू प्रधानमन्त्री भएपछि भर्खरै जारी भएको संविधान कार्यान्वयन गराउन र छिमेकीसंग बिग्रिएको सम्बन्ध सुधार्ने र बिमस्टेक सम्मेलन गराउने जस्ता अन्तराष्ट्रिय महत्वका काम गर्न सफल भएको दाबी गरे ।

 

प्रधानमन्त्री ओलीले अझै काम गर्न आफूलाई केही कुराले अफ्ठ्यारो पारिरहेको बताउंदै सरकारको काम गराई पुरानो पिच उक्काएर नयां पिच बनाएजस्तै भएको उल्लेख गरे ।