फेरि ७ बर्षीया बालिका बलात्कृत

कार्तिक अछाम ४। अछाममा ७ बर्षीया बालिका बलात्कार भएकि छन । बाख्रा चराउन गएकी बालिका बलाताकृत भएकि हुन । बलात्कार गर्ने कमल बजार ५ का १८ बर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको अछामका प्रहरी नायव उपरिक्षक डि।एस।पि जनक बहादुर शाहिले छ ।

 

प्रहरीले प्रक्राउ भएका युवकको नाम गोप्य राखेको छ । ती युवकले शनिबार गाई, बाख्रा चराउन गएकी ७ बर्षीया बालिकालाई जंगलमै ती युवकले बलात्कार गरेका थिए ।

पीडित बालिका बुवाका अनुसार छोरीलाई घडी दिएर ललाई फकाई गरेर बलात्कार गरेका हुन । पीडित बालिका बुवाले प्रहरीमा दिएको उजुरीका आधारमा ती युवकलाई पक्राउ गरेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।