जापान पठाउने भन्दै १९ लाख ठगी गर्ने पक्राउ


काठमाडौं कार्तिक ८। बैंकिङ कसुर तथा ठगी गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ– १ घर भई हाल काठमाडौँ काटेश्वर बस्दै आएका ३७ वर्षीय दिनेश कोईराला रहेका छन् ।

पक्राउ परेका कोईरालाले जापान पठाईदिने भन्दै खोटाङ चुईचुम्मा– १ का श्याम खड्कासंग १९ लाख लिएका थिए । तर जापान नपठाएपछि रकम फिर्ता माग्दा कोईरालाले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुँदा समेत १९ लाखको चेक काटी पिडित खड्कालाई दिएपछि उनले महाशाखामा उजुरी गरेका हुन् ।

 

कोईरालालाई महाशाखाबाट खटाईएको टोलीले मंगलबार विहान काठमाडौँ बालुवाटारबाट पक्राउ गरेको हो । अनुसन्धानका क्रममा कोईरालाले अन्य व्यक्तिलाई समेत विभिन्न बहाना बनाई रकम ठगी गरेका खुल्न आएको छ । उनलाई बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।समाचारपत्रबाट।