रबि लामिछाने आफै पुगे डान्स बार सरकार प्रहरी मुख दर्शक सर्वसाधारणलाई खुलेआम लुट्

काठमाडौं कार्तिक १० उपत्यकामा रहेको धेरै जसो क्याविन, रेष्टुरेन्ट र डान्स बारहरुले खुलेआम सर्वसाधारणलाई लुट्दै आएका छन्। विल बढाएर लुट्ने मात्रै होइन, जबरजस्ती भित्र लग्ने र एउटा जुस खुवाएर जबरजस्ती १५ हजार लिने गरेको हाम्रो स्टीङ अपरेशनबाट पत्ता लागेको छ । खास गरि नयाँ बसपार्क एरियामा रोजगारीका लागि विदेश जान लागेका र बिदेशबाट आएका युवाहरु लुटिने गरेका गुनासो आएपछि विहीबार हाम्रा टिभी जार्नलिषर्ट सालिकराम पुडासैनी साँझ पख बस पार्क एरियामा पुगे 

उन्ले आफु होटल खोज्दै गरेको भनेपनि केहि युवाहरुले होटलनै भएको भनि उनलाई नमस्ते डान्सबार भित्र लगे । डान्सबार सञ्चालकको इसारामा त्यहाँ १७, १८ वर्षका केहि युवतीहरु आए । सञ्चालकले ५ हजार थप तिरे ती युवतिहरुमा छानेर लैजान मिल्ने बताए । प्रहरीको नाकको मुनि यसरी खुलेआम देह व्यापार पनि हुँदोरहेछ । भित्र लगेपछि उनले आफु बारमा नबस्ने भन्दै बाहिर जान खोजे । तर केहि व्यक्तिहरु आएर उनलाई जबरजस्ती रोकियो । उनले आफु केहि खाँदिन भन्दा पनि एक ग्लास जुस दिइयो ।

पछि बाहिर जान खोज्दा सो जुसको जबरजस्ती ५ हजार रुपैयाँ तिर्न लगाए र त्यो तिरेपछि १० हजारको अर्को बिल दिए । ५ हजार रुपैयाँ तिरेपछि रेष्टुरेन्ट सञ्चालकले जबरजस्ती अरु १० हजार रुपैयाँ दिन लगाए । यो पैसा आफ्नो मात्र नभई प्रहरीलाई पनि जाने भएकाले थप १० हजार ल्याउन उनिहरुले दबाब दिए । गुण्डा जस्ता देखिने व्यक्तिहरुले कुटपिट गर्न खोजेपछि हाम्रा टिभी जर्नलिष्टले हामीलाई सबै जानकारी गराएर आफु भाग्न खोजे । संयोगले बाहिरनै मोटरसाईकलमा गस्ती गरिरहेका २ जना प्रहरी भेटिए ।

टिभी जर्नलिष्टले आफुलाई जबरजस्ती जुस खुवाई ५ हजार लुटिएको भनि प्रहरीलाई गुनासो गरे पनि प्रहरीले डान्सबारहरुमा यो सामान्य घटना भएको भन्दै वेवास्ता गर्दै हिँडे । प्रहरीले पनि सहयोग नगरेपछि बसपार्क चौकीका इन्स्पेक्टर मोहन विक्रम केसीलाई जानकारी गराई हाम्रो टिम बसपार्क जान्छ । बसपार्क पुगेर बसपार्क चौकीका सईको टिमलाई लगेर हामी डान्स बारमा पुग्यौं । प्रहरीसहित हाम्रो टिम त्यहा पुगेपछि सञ्चालहरुको भागाभाग भयो । हामीले सक्कली बिलहरु जाँंच गर्न खोज्दा केही पनि भेटिएन ।

प्रहरी चौकीको यति नजिकै रहेको यो डान्सबारमा सँधै यसरी खुलेआम लुट मच्चाइदो रहेछ । कोही लुटिएको गुनासो आएपछि प्रहरीले एक दिन रेष्टुरेन्ट सञ्चालकलाई पक्राउ गर्छ र दोस्रो दिन छाडिदिन्छ । यहाँ पनि प्रहरी आफै भन्दैछ ३ पटकसम्म यो रेष्टुरेन्ट सञ्चालकलाई लगेर थुनिसकेको । केही समयको जाँच बुझपछि प्रहरीले ६ जना व्यक्तिहरुलाई नियन्त्रणमा लियो र रेष्टुरेन्ट बन्द गर्न लगायो । तर बिहीवार बन्द गर्न लगाएको रेष्टुरेन्ट शुक्रबार पुन सञ्चालनमा थियो । शुक्रबार फेरी रेष्टुरेन्टका व्यक्तिहरु ग्रहाक खोज्दै हिँडिरेहका थिए ।सिधा कुरा नेपाल