अाज मिति २०७५ साल कात्तिक १२ गते सोमबार कस्ताे छ तपार्इका लागिअाजकाे राशिफल हेर्नुहाेस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। सोख पूरा गर्न सञ्चित रकम खर्च हुनेछ। अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ। तर गोपनीयता बाहिरिनाले काममा समस्या पर्न सक्छ। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ हुनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन्। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। विचार सम्प्रेषण प्रभावकारी नहुन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह

चिताएको काम रोकिए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ। तर आगन्तुकहरूले अलमल्याउने हुँदा कामलाई बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। महत्वाकांक्षी योजना बिग्रन सक्छ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले निकै पछि परिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज पहिलेका कर्मयोगबाट विशेष फल प्राप्त हुन सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापार बढ्नेछ भने पहिले रोकिएको काम बन्नेछ। साझेदारीबाट लाभ मिल्नुका साथै जिम्मेवारी पनि बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आँटले काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ। मिहिनेतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। सानातिना व्यवहारमै अल्झनुपर्नेछ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते

रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ। तापनि लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउन सक्छ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। पहिलेका समस्या दोहोरिनाले उत्साहपूर्वक काम गर्न नसकिएला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

क्बनष्ततबचष्गकरमाइलो परिवेशमा पनि जीवनशैली व्यस्त रहनेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफन्तजनसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। रमाइलो यात्राको योग देखिए पनि मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ। प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत प्रतीक्षा गर्नुहोला।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि

काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द

अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। शुभचिन्तकहरू समेत टाढा हुने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। सेवामूलक काम बीचैमा रोकिन सक्छ। परिस्थितिले काममा अलमल्याए पनि मिहिनेत गर्दा फाइदाको स्रोत पहिल्याउन सफल भइनेछ। प्रयत्न गरेका काम संघर्षले सम्पादन हुनेछन्।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि

तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। मिहिनेतले काम सम्पादन हुने समय छ।