प्रहरीले सिरहामा ६१ हजारकाे पटाका बरामद

लहान, असोज १६ । प्रहरीको गस्ती टोलीले गए राति सिरहाको माडर तथा औरहीबाट ६१ हजार बराबरको पटाका बरामद गरेको छ।इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

 

बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पुर्‍याएर नष्ट गरिने प्रहरीले जनाएको छ। दशैँ, तिहार तथा छठपर्व नजिकिँदै गर्दा भारतीय बजारबाट पटाका लगायतका सामान चोरी तस्करी गर्ने क्रम बढेको छ।रासस,