दशैंमा कान्ति लोकपथ हुँदै गाउँ सरर

काठमाडौं, असोज २५ । कान्ति लोकपथ सडक हुँदै दशैँमा घर फर्किनेका लागि मध्यनजर गर्दै सडकमा खसेको पहिरो पन्छाउने कामलाई कान्ति लोकपथ सडक योजनाले अन्तिम चरणमा पु¥याएको छ ।

 

वर्षात्को समय अधिकांश भागमा पहिरो खसेकोले त्यी पहिरोलाई सफा गर्ने कामलाई अन्तिम चरणमा पु¥याएको योजनाका इन्जिनियर नरेन्द्र भट्टले बताउनुभयो ।
‘हामी अहिले पहिरो सफा गरिरहेका छौँ । दशैँमा सहज सवार गुडाउन मिल्ने गरी सडकको पहिरो सफा गर्न लागिएको हो’, इन्जिनियर भट्टले भन्नुभयो– ‘हामी अन्तिम चरणमा पुगिसक्यौँ ।’

 

यसपटक वर्षात्कै कारण टीकाभैरवदेखि छपेलीसम्मको सडकको भागमा अधिकांश पहिरो खसेको थियो । सडक अबरोध कै कारण कृषकको दूध, दूधजन्य परिकार, बजार लान नपाई त्यत्तिकै खेर फाल्नुपर्ने अबस्था समेत आयो । खेतबारीमा उब्जाउ गरेका तरकारी बारीमै कुवाउनु परेको थियो ।

‘वर्षातमा खसेको अधिकांश पहिरो सफा भइसकेको छ’, इन्जिनियर भट्टले भन्नुभयो– ‘अलि अलि बाँकी छ, १–२ दिनमा सबै क्लियर हुन्छ ।’

 

कति पटक त सडकमा लडेका ठूल्ठूला पहिरोका कारण बिजुलीका पोल ढालेर महिनौँ दिनसम्म संचार सेवा समेत अवरुद्ध भएको थियो भने सवारी आवागमन समेत प्रभावित बन्यो । तराईसँग काठमाडौं जोड्ने छोटो दूरीको वैकल्पिक सडकको रुपमा कान्ति लोकपथलाई लिइन्छ ।

 

छोटो दुरी र कम समयमै आउजाउ गर्न मिल्ने सडक भएकोले बैकल्पिक मार्गको रुपमा सरकारले पछिल्लो पटक विशेष प्राथमिकतामा राख्दै आईरहेको छ । सुख्खा पहिरो, कडा चट्टानी भू–बनोट, बर्षातको समयमा लडेको ठूल्ठूला पहिरो लगायतका भने यस सडक विस्तारको काममा समस्या देखिएको छ ।

 

किनकि तीनपाने भञ्ज्याङदेखि झाँक्री डाँडा हुँदै भट्टेडाँडासम्म सुख्खा पहिरो खसिरहने गर्दा सडकको काम समेत प्रभावित भैरहेको छ भने भट्टेडाँडादेखि पर करिब ७ किमि खण्ड कडा चट्टान फुटाउन नसक्दा अहिले पनि सिङ्गल लेनमा सवारी गुडाउन बाध्य छ ।

 

त्यस खण्डमा रहेको कडा चट्टानको भाग फुटाउन ५ मेट्रिक टन बिस्फोटक पदार्थ चाहिन्छ । त्यस्का लागि नेपाली सेनासँग योजनाले २ वर्षदेखि ताकेता गरे पनि अहिलेसम्म पाउन सकेको छैन । कुल ९० किमि सडक खण्ड योजनाको भनिएपनि योजनाले ललितपुरको टिकाभैरब पुलदेखि मकवानपुर खण्डको बुद्धचोकसम्म ७९ किमि सडक विस्तार गर्नुपर्दछ ।

 

त्यसमध्ये २० किमि कालोपत्रे भएको योजनाले जनाएको छ । साँढे १७ किमि मकवानपुर खण्डमा र साँढे २ किमि ललितपुर खण्डमा कालो पत्रे भएको छ ।

६० किमि सडक खण्ड सडकलाई कालोपत्रे गर्न तयारी अबस्थामा राखेको इन्जिनियर भट्टले बताउनुभयो । उहाँले सुख्खा २ महिनाभित्र सबै तयारी सडक कालो पत्रे गर्ने काम सम्पन्न गर्न सकिने बताउनुभयो ।

 

सरकारले चालु आर्थिक वर्षका लागि ६० करोड बजेट यस योजनालाई छुट्याई सकेको छ । विस २०१३ सालमा ट्रयाक खोलेको यस मार्गमा २०७१÷७२ देखि बहुबर्षिय ठेक्का लागेको थियो । हालसम्म बहुबर्षिय ठेक्का लागेदेखि १ अर्ब ३४ करोड ७६ लाख रुपियाँ यस सडकमा खर्च गरीसकेको छ । नेपाल समाचारपत्रबाट