अाज मिति २०७५साल असाेज २६गतेकाे राशिफल कस्ताे छ हेर्नुहाेस

मेष    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च हुनेछ । अधिकार प्राप्तिका लागिपनि संघर्श गर्नु पर्ला ।

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा

परिवारमा सुख सन्तोष छाउला । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । आकस्मिक धन लाभ हुनेछ । विद्यामा सफलता पाइनेछ ।

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला । वैदेशिक क्षेत्र कमजोर रहला ।

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते

सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । रमाइलो यात्राको योग रहेको छ । राज्यबाट मानसम्मान मिल्नेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ ।

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अनावश्यक धन खर्च हुनेछ । सामान हराउने वा नष्ट हुन सक्नेछ ।

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा

गरेको कार्यमा सफलता पाईनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

चिताएको कामले तीव्रता लिनेछ । शुभकायको चर्चा चल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति रहला ।

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । लाभदायक यात्रा रहला । मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ ।

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कार्यको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

धार्मिक कार्य सम्पादन गर्नसकिने छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ । बोलीको प्रभाव पनि बढ्नेछ ।

 ज्यो।पं। नारायणप्रसाद दुलाल