विश्वकप टी–२० एसिया क्षेत्र छनोटः नेपालसँग सिंगापुर भिड्दै

काठमाडौं, असोज २६ । मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को अन्तिम खेलमा अाज नेपालले  सिंगापुरसँग खेल्दै  छ ।

 नेपालले आज सिंगापुरलाई हराउँदै उपाधि जित्ने लक्ष्य राखेको छ।खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सुरू हुने छ । 

 

जारी प्रतियोगितामा नेपालपछि सबैभन्दा बलियो टोली सिंगापुरलाई लिइएको छ । तर नेपाल भन्दा कमजोर हो । पछिल्लो समय डिभिजन ४ को फ्रम्यार्टको क्रिकेट खेलिरहेको सिंगापुर र ‘वान डे’ मान्यता पाएको नेपालको खेलस्तर फरक छ।

 

उपाधिको एक्लो दाबेदारको रुपमा हेरिएको नेपालसहित सिंगापुर पनि प्रतियोगितामा अपराजित रहँदै समान ५ खेलमा समान १० अंक निकाल्दै छनोट भएका छन् । अंकतालिकामा नेपाल नेट रन रेटका आधारमा पहिलो र सिंगापुर दोस्रो स्थानमा रहेका छन् ।