सडक पिचले उत्साह थप्यो

 

विष्णु आले, विकिरणु,

काठमाडाै असाेज २६।   दशैँ नजिकिँदै गर्दा गाउँघरतिर घर लिपपोत गरिन्छ।यता सहरमा सडक मर्मत(संहार राजधानीका सडकहरु कुनै अभागी छन् त कुनै भाग्यमानी कारण टालटुल र पिच गरिन्छ अनि कतै सुधार।यो दृश्य नयाँ बानेश्वर स्थित थापागाउँको हो।

 

विशेषतस्थापा मगरहरुको पुर्खौली बसोबास रहेको यस ठाउँमा रहेका बाँझा जग्गामा चेल्सी,पाठशाला जस्ता चर्चित स्कुलका गाडीहरु गुड्छन् तर कच्चीबाटोले स्कुले विद्यार्थीहरुलाई असरैअसर पारेको थियो।अहिले बुधबार साँझबाट सडक पिच हुनथालेपछि त्यस वरपर बस्ने मानिसहरुमा खुशी छाइरहेको छ।

 

अझ लेक्चर तथा साहित्यकार केशव श्रेष्ठको घरमा चारवटा गाई पालिएका छन् ।हिन्दुसंस्कारमा गाई कुट्नु पिटनु त हुँदैन् नै बाध्नु पनि हुन्न भन्ने छ र ती गाईहरु रातभर त्यो कच्ची सडकमै सुत्थे।अब यसरी सडक कालो पत्रे भएपछि सडकका छाडागाईहरु संकटमा परेपनि अन्यलाई बिजयदशमीको रौनकले छोएको छ त सडकपिचले उत्साह थपेको छ।