हिउँदे अधिवेशन’पुसदेखि

पर्वत,असोज २७। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी पुसदेखि हिउँदे अधिवेशन शुरु हुने बताउनुभएको छ ।नेपाल पत्रकार महासङ्घ पर्वतले सदरमुकाम कुश्माबजारमा आज आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै सदन पुसदेखि शुरु हुने जानकारी दिनुभयो । अध्यक्ष तिमिल्सिनाले हिउँदे अधिवेशन समयमै शुरु नगरे पर्याप्त छलफल हुन नसक्ने उल्लेख गर्नुभयो ।

 

अध्यक्ष तिमिल्सिनाले १६ वटा मौलिक हक कार्यान्वयनको चरणमा रहेको बताउँदै दुवै सदनबाट सर्वसम्मत पमा पास भएको स्पष्ट पार्नुभयो । उहाँले छोटो समयमै दुवै सदनले राम्रो काम गरेको बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहका लागि आवश्यक कानूनहरु तत्काल बनाउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

 

सरकारले पछिल्लो समय देखिएका केही कमजोरीलाई सच्याउँदै अघि बढेको बताउँदै उहाँले सरकारलाई काम गर्ने वातावरण दिने हो भने पाँच वर्षमा मुलुक समृद्धिको दिशातर्फ उन्मुख हुन्छ भन्नुभयो ।रासस,