टोखा नगरपालिकाका प्रशासकिय अधिकृत एक लाख घुस सहित पक्राउ

काठमाडौं, असोज २८ । काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई आइतबार घुस रकमसहित पक्राउ गरेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीलाई एक लाख घुस रकमसहित पक्राउ गरेको हो ।

 

उनले उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि घुस माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।

 

गोप्य सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालयबाटै आइतबार पक्राउ गरेको हो । घुस रकम कारोबारबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।