१३ वर्षपछि साँफेबगर बिमानस्थल नियमित सञ्चालनमा

अछाम, असोज २९ ।अछामको साँफेबगर विमानस्थलमा १३ वर्षपछि विमानले सफल उडान भरेको छ । नियमित उडान सुरु गर्ने उद्देश्यका साथ नेपाल वायु सेवा निगमको विमानले साँफेबगर बिमानस्थलमा उडान भरेको हो ।

 

हवाईजाहाज आएपछि स्थानीय निकै खुसी भएका छन् । साँफे–नेपालगञ्ज नियमित हवाईजाहाज उड्ने भएपछि स्थानीयमा उत्साह थपिएको उनको भनाइ छ । नेपाल वायु सेवा निगमको ‘९ एनएबिसी’ विमानख अब आइतबार र बुधबार यहाँबाट नेपालगञ्जका लागि सधै हवाई जाहाज चल्ने भएको छ ।

 

विमान र विमान चालकको बाजागाजा सहित सँफेबगरमा भव्य स्वागत गरिएको थियो भने साँफेबगरबाट नियमित उडान सुरु भएपछि अब यहाँका स्थानीयलाई आवतजातमा निकै सजिलो हुने भएको छ । परिक्षण उडान भएको साढे ४ महिनापछि आइतबारदेखि नियमित उडान सुरु भएको हो ।

 

२०५८ फागुन ४ गते तत्कालिन बिद्रोही नेकपा माओवादीले सदरमुकाम मंगलसेनसँगै साँफेबगरमा आक्रमण गरेपछि विमानस्थलको रिपिटर टावर ध्वस्त हुँदा विमानस्थल बन्द भएको थियो । त्यसपछि २०६२ सालमा केहि समय बिमान स्थल सञ्चालनमा आएपनि पछि पुनः बन्द भएको थियो ।