गाउँपालिका प्रविधिमैत्री बन्दै दुर्गम रोल्पा

रोल्पा कार्तिक २१ – रोल्पाको दुर्गम भेगमा रहेको त्रिवेणी गाउँपालिका प्रविधिमैत्री बन्दै गएको छ ।

स्थानीय तहको चुनावपश्चात मात्र बल्ल विद्युत विस्तार भएको त्रिवेणीमा दुई महिनाअघि मात्र इन्टरनेटको सुविधा पुगेको थियो । गएको हप्ता मात्र सूचना प्रविधि ९आईटी० अधिकृत नियुक्त गरेको गाउँपालिकाले मंगलबार मोबाइल एपको शुभारम्भ गरेको छ ।

 

एपको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले अब गाउँपालिको सम्पूर्ण सूचना तथा कार्यक्रम तत्कालै सबैको हात हातमा पुग्ने बताउनुभयो । स्वदेशमा बस्नेहरुले मात्र नभएर विदेशमा रहनुभएकाहरुले पनि अब गाउँपालिकाको बारेमा सहजै जानकारी लिन सक्ने उहाँले बताउनुभयो ।

 

गाउँपालिकाको प्रोफाइलसहित गतिविधि, सूचना, कार्यक्रम र जनप्रतिनिधिहरुको विवरण एपमा समावेश गरिएको छ । अबदेखि त्रिवेणी गाउँपालिकाका जो–कसैले पनि गाउँपालिकाको सूचना र कार्यक्रमका लागि गाउँपालिका वा वडा कार्यालय धाउन नपर्ने सूचना प्रविधि अधिकृत भरत डिसीले बताउनुभयो । 

 

अब घरमै बसीबसी गाउँपालिकाको सम्पूर्ण जानकारी लिन सकिन्छ’, डिसीले भन्नुभयो । दुर्गममा भएर पनि गाउँपालिकाले प्रविधिको उच्चतम प्रयोग गर्नु चुनौती रहेको भए तापनि गरे सम्भव छ भन्ने उदाहरण त्रिवेणी गाउँपालिकाले प्रस्तुत गरेको अध्यक्ष वलीको भनाई छ ।