अब तिन राप्रपा एक हुने , नेतृत्व र सिद्धान्तमा सहमति, लिखित गर्न बाँकी

काठमाडौं , कात्तिक २९ । एकीकृत राप्रपा राष्ट्रवादी  का नेता प्रकाशचन्द्र लोहनीले एकीकरणपछि बन्ने दलको नेतृत्व तीनजना अध्यक्षले सामूहिक रूपमा गर्ने सहमति भएको बताएका छन्।तर प्रमुख विषयमा भएका सहमतिलाई लिपिवद्ध गर्न बाँकी रहेको उनको भनाइ छ।

 

बीबीसीको साप्ताहिक नेपाल सन्दर्भसंग कुरा गर्दै उनले चुनाव चिन्हबारे थप छलफलको खाँचो रहेको जानकारी दिएका छन ।कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर जबराको राप्रपा प्रजातान्त्रिक र लोहनीको दलबीच भएको एकता प्रयास बिथोलिएको खबर आएका थिए।

 

एकीकृत दलको नाम र झन्डा थापाको दलको राख्न आफू र जबरा तयार रहेको तर चुनाव चिन्ह हलो हुनु पर्ने आफू दुईजनाको मत रहेको लोहनीले बताए।थापा भने चुनाव चिन्ह पनि गाई नै हुनु पर्ने अडानमा देखिन्छन्।

 

लोहनीले भने, नमिलेका कुरालाई मिलाउने र मिलिसकेका कुरालाई लिपिवद्ध गरेर घोषणा गर्ने भनेर नै एकता घोषणा स्थगित गरेका हौं।

गणतन्त्र र राजतन्त्र दुईथरी विपरीत मान्यता बोकेका उनीहरू दुई वर्षअघि भएको एकता महाधिवेशनबाट संवैधानिक राजतन्त्र मान्ने गरी एकीकृत भएका थिए।

 

तर केही दिनमै लोहनी छुट्टिए, त्यसपछि राणाले पार्टी फुटाएर अर्को बनाएका हुन्।अब भने विभाजनको इतिहास नदोहर्‍याउने गरी एकता गर्ने प्रयासमा आफूहरू रहेको उनको भनाइ थियो।बीबीसीबाट