प्रचण्ड पुत्र प्रकाशको निधन भएको आज एक वर्ष पूरा

काठमाडौँ, मंसिर ३ । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको सोमबार एक वर्ष पूरा भएको छ ।

 

निधन भएको एक वर्ष पुगेको सम्झनामा सोमबार दाहालको स्मृतिमा विभिन्न कार्यक्रम गरिदैँछ । गतवर्ष चुनावी अभियान चलिरहेका बेला दाहालको असामयिक निधन भएको थियो ।

 

आफ्नै निवास लाजिम्पाटमा अचेत भएर ढलेका उनको गएको वर्षको मंसिर ३ गते नर्भिक अस्पताल निधन भएको थियो । प्रकाश पूर्वप्रधानमन्त्री दाहालका एकमात्र छोरा थिए ।

उनले दाहाल प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा काम गरेका थिए । २०३८ सालमा जन्मेका प्रकाश दाहालका दुई श्रीमती र दुई छोरा छन् ।