आर्थिक लाभका लागि परिवारलाई थाहै नदिई कतारका बिरामी नेपाल

काठमाडौँ– मङ्सिर ७ । आर्थिक लाभका लागि राजधानीको एक निजी अस्पतालले कतार  कोमामा रहेका बिरामी सुटुक्क ल्याउने गरेको पाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सतुंगलस्थित ओम समाज अस्पतालले पछिल्लोपल्ट रुकुमको चौखावाङ–९ गल्मपाटीका ललितबहादुर बुढालाई परिवारको स्वीकृति नलिई कतारस्थित हमाद अस्पतालबाट ल्याइएको हो ।

बिरामी ल्याएबापत हमादले निश्चित रकम दिने गरेको स्वीकार्दै डा : भीमनाथ खरेलले बिरामी  ल्याइएको  बताए ।