बाढीका कारण ३० जनाको मृत्यु ! दर्जनौँ वस्ती डुवानमा

इराक, मंसिर १०। इराकमा व्यापक बर्षापछि आएको बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका इराकी अधिकारीले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको बताइएको छ ।

बर्षापछि आएको बाढीका कारण दर्जनौँ वस्तीहरू डुवानमा परेका र शनिबार र आइतबार गरी जम्मा ३० जनाको मृत्यु भएको छ , स्वास्थ्य मन्त्रालयका प्रवक्ता सेफ अल–बाडरले भन्नुभयो ।

देशको कैयौँ भागमा खेतीजन्य जमिनमा डुबान हुँदा ठूलो मूल्य बराबरको बालीनाली, फलफुल तथा तरकारीसमेत नष्ट भएको उहाँले बताउनुभयो । बाढीको कारण भएको क्षतिको विवरण प्राप्त भइरहेकोे बताउँदै बाढीका कारण मृत्यु हुनेको सङ्ख्यामा थप वृद्धि हुनसक्ने उहाँले बताउनुभयो ।

बर्षापछि आएको बाढीमा मृत्यु हुने अधिकांश डुबानका कारण घरहरूमा फसेका नागरिकलाई समयमै उद्धार गर्न नसक्दा मृत्यु भएको बाढीपीडितका आफन्तजनले बताएका छन् ।   रासस–एएफपी